१ लाख ३० हजार पुग्यो आज सुनको भाउ

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँ रहेको छ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५२५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

More News last news
Loading...