इलाम-२ मा रास्वपाले मिलन लिम्बूलाई बनायो उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन्।

लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो।

Advertisement

बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ । बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन्।

More News last news
Loading...