श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौँ । धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ । धनगढीबाट काठमाडौँ उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे ।

जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे । काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे ।​ ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए।

Advertisement

काठमाडौँमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि आकाशमै हाेल्ड गरी भैरहवामा उतार्नुपरेकाे विमानस्थल स्राेतले बताएको छ ।

More News last news
Loading...