टोकियो । जापान सरकारले अप्रिलदेखि जापानी भाषाका विद्यालयहरूमा नयाँ राष्ट्रिय मान्यता प्रणाली लागू गर्ने भएको छ। सरकारले बढ्दो विदेशीको आवश्यकता पूरा गरेको सुनिश्चित गर्ने प्रयत्न स्वरुप जापानी भाषाका विद्यालयहरूमा नयाँ राष्ट्रिय मान्यता प्रणाली लागू गर्ने भएको हो।
नयाँ प्रणाली अन्तर्गत, जापानी भाषा विद्यालयहरूले मान्यता प्राप्त गर्न कर्मचारी र पाठ्यक्रममा केही आवश्यकताहरू पूरा गर्नुपर्नेछ। मान्यता प्राप्त विद्यालयहरूमा शिक्षकहरुले जापानी भाषा सिकाउन नयाँ राष्ट्रिय योग्यता प्राप्त गर्नुपर्नेछ।
जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या सन २०२३ मा ३४ लाख भन्दा बढीको रेकर्ड उच्च रहेकोले जापानमा धेरै परिवर्तनहरू आएका छन्। आर्थिक वर्ष सन २०२२ सम्म करिब २ लाख २० हजार जापानी भाषाका विद्यार्थीहरू रहेका थिए। ति विद्यार्थीहरुलाई अध्यापन गराउने २ हजार ७ सय जापानी भाषा विद्यालयहरूमा मापदण्डहरू धेरै नै भिन्नता रहेको पाईएको थियो।
नयाँ प्रणालीमा विद्यालयहरूले प्रत्येक आर्थिक वर्षमा आफ्नो पाठ्य सामग्री र अन्य विवरणहरू शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाउनुपर्नेछ। ति रिपोर्टहरु हेरेर,यदि कुनै विद्यालयको व्यवस्थापन अनुपयुक्त देखिएमा, यसलाई सुधारात्मक आदेशको अधीनमा राखिनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
