अनिल लम्सालकाे आँखै गाजले लाेकप्रिय (भिडियाे

काठमाडौं ।  चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र रोशन बिसिको स्वरमा लोक तथा दोहोरी गीत ‘आँखै गाजले’ बोलको सार्वजनिक भएको छ ।

अनिल लम्साल र रोशन बिसीको शब्द रहेको गीतमा लय तथा संगीत सुदिप परियारले दिएका छन् । गीतमा संगीत संयोजनको काम भने सुनिल परियारले गरेका हुन् ।

Advertisement

गीतको भिडियोमा लोकप्रिय मोडल जुनु एसडी, अनिल लम्साल र रोशन बिसिलाई देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी र निर्देशन होम गुरुङ्ले गरेका छन् । भिडियो खिच्ने काम गणेश सापकोटाले गरेका हुन् भने सम्पादन सुबास उमागाइले गरेका हुन् ।

सर्जक तथा मोडल अनिल लम्सालको आधिकारिक  युट्युव च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द सृजना एवम् मोडलिङमा रुचि भएका अनिल सफल युवा व्यवसायी पनि हुन । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा स्रोताको मन जित्दै गएको छ ।


 

More News last news
Loading...