नेपालकै कम्पनीले ल्यायो पहिलो पटक डबल भाइजर सहित विभिन्न मोडलका हेल्मेट

समिक्षा पाण्डे/काठमाडौं । रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले यति ब्रान्ड अन्तर्गतका विभिन्न मोडलका नयाँ हेल्मेट बजारमा उपलब्ध गराएको छ । यस अनुसार नेपाली बजारमै पहिलो पटक हाफ फेसमा डबल भाइजर हेल्मेट समेत उपलब्ध भएको छ ।

यति ब्रान्ड अन्तर्गत हाफ फेसमा सिटी र इगल मोडल उपलब्ध भएका छन् । ती मध्ये इगल मोडलमा नेपालमै पहिलो पटक डबल भाइजरको हेल्मेट उपलब्ध भएको हो । त्यसैगरी फुल फेस अन्तर्गत राइडर मोडलमा नयाँ हेल्मेट उपलब्ध भएको छ ।

Advertisement

पहिले देखि नै नेपाली हेल्मेट बजारमा उपलब्ध भइरहेको यति ब्रान्डका हेल्मेट लोकप्रिय बन्दै गएका छन् । यी हेल्मेटमा प्रयोग गरिएका सामग्री अनब्रेकेबल रहेका छन् वासेबल स्पन्ज र स्क्र्याच प्रुफ पोलिकार्बोनेट प्रयोग गरिएको छ ।

सीई, आईएसओ र आईएसआई सर्टिफाइड हेल्मेट गुणस्तरीय भएको मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैब दावी गर्छन् । आफ्नै उत्पादन हाई डेन्सिटी थर्मोकोलको प्रयोग हुने यति हेल्मेट गुणस्तरीय भएकैले नेपाली बजारमा उच्च माग छ ।

तर माग अनुसार उत्पादन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । १ हजार २ सय देखि ३ हजार ५ सय रुपैयाँ सम्म मूल्य तोकिएका नयाँ मोडलका यी हेल्मेट विभिन्न कलर अप्सनमा उपलब्ध छ ।

More News last news
Loading...