काठमाडौं । गण्डकी प्रदेश सरकारले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो।
दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेल दुवै मन्त्रालय आफै मातहत राख्नु भएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर गण्डकी प्रदेशमा देखिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
