प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता गठबन्धन हुने भएपछि आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । प्रतिनिधि सभाको बैठक विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले सूचना जारी गरी जनाएको छ।

प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर सत्ता गठबन्धन भत्काउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेसँगै सभामुख देवराज घिमिरले बैठकका लागि आन्तरिक परामर्श गर्नुभएको थियो ।

Advertisement

More News last news
Loading...