नेविसंघ पोखरा महानगरपालिकाद्वारा फुट्सल कप सम्पन्न, मिलन टोल प्रथम

पोखरा । नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा आयोजना गरिएको प्रथम वि.पि. स्मृति खुल्ला फुट्सल कप पोखरा ७ मा अवस्थित फरेस्ट स्पोर्टस एरिनामा सम्पन्न भएको छ । १६ टिमको सहभागिता भएको खेलमा फाइनल खेल फ्रेस इलिमिन्टस र मिलन टोल बीच सम्पन्न भएको थियो भने मिलन टोलको ३ गोल र फ्रेस इलिमेन्टसको १ गोल हुँदा मिलन टोल प्रथम र फ्रेस इलिमेन्टस द्धितिय भएको छ ।

संघको कार्यसमितिका सभापति विपिन पौडेलको सभापतित्वमा आयोजित कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बरालले फुट्सल कप उद्घाटन गरेका थिए भने समापन नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, नेपाली काँग्रेस कास्कीका सचिब भानु ढकाल, क्षेत्रीय सह-सचिब सितल अधिकारी, ने.वि. संघ केन्द्रीय सदस्य राजेन्द्र बराल, एन.आर.एन.ए जापानका सचिब दिपेश के.सी. लगायत ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Advertisement

नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति विपिन पौडेलले रु. ५५,५५५ प्रथम पुरस्कार र रु. ३३,३३३ द्धितिय पुरस्कार राखिएको उक्त कपमा विजेता र उप-विजेतालाई ट्रफी, मेडल र प्रमाण पत्रले समेत पुरस्कृत गरिएको जानकारी गराए। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल-किपर र उच्चतम गोलकर्तालाई समेत ट्रफीका साथ सम्मान गरिएको थियो ।

More News last news
Loading...