धनकुटामा पिकअप भ्यान दुर्घटना : बालिकाको मृत्यु, ६ जना घाइते ✍️ नयाँपुस्ता डटकम २० फाल्गुन २०८०, आईतवार १८:११ धनकुटा । धनकुटामा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । Advertisement