पाेखरामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

कास्की । पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।

पोखरा महानगरपालिका–७ बुलौदीमा माेटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायकाे ज्यान गएकाे वडा प्रहरी कार्यालय बैदामले जनाएकाे छ ।

Advertisement

हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेकाे बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठाेकिँदा माेटरसाइकलमा सवार आचार्य र उपाध्याय घाइते भएका थिए । उनीहरूकाे उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

More News last news
Loading...