स्याङ्जा । नेपाल सरकारको कार्यसम्पादन मुल्यांकनमा स्याङ्जाको भीरकोट नगरपालिका पहिलो भएको छ ।
कार्यसम्पादन मूल्याङकन वापत प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धी राष्ट्रिय प्राकृतीक श्रोत तथा वित्त आयोगले प्रकाशन गरेको विवरण अनुसार स्याङ्जाको भीरकोट नगरपालिका कुल १०० मा ४६.२५ अंक सहित पहिलो भएको हो । भीरकोट नगरपालिकाको नेतृत्व नेपाली कांग्रेस बिजयी प्रमुख गोबिन्द कुमार कर्माचार्य गरिरहेका छन्।
११ स्थानीय तह रहेको स्याङ्जामा कार्यसम्पादन मुल्यांकनको सबैभन्दा पुछारमा स्याङ्जाको हरिनास गाउँपालिका परेको छ । हरिनासले जम्मा २२.७३ अंक ल्याएको छ । हरिनास गाउँपालिकाको नेतृत्व नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खिमनारायण मानन्धरले गरेका छन् ।
यस्तै दोश्रोमा कालिगण्डकी गाउँपालिका, तेश्रोमा फेदीखोला गाउँपालिका, चौथोमा वालिङ नगरपालिका, पाँचौमा गल्याङ नगरपालिका, छैठौमा अर्जुनचौपारी गाउँपालिका, सातौमा विरुवा गाउँपालिका, आठौंमा आधिखोला गाउँपालिका, नवौंमा पुतलीबजार नगरपालिका र दशौंमा चापाकोट नगरपालिका रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
