काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो।
सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन्। दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए।
भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको एसएसपी शर्माले बताए । ‘शंकाको आधारमा सर्च गर्दा सुन भेटिएको थियो’, उनले भने।
थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
