काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित गरिएको छ।
अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ। गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
