काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो।
महासमिति बैठकको अन्तिम दिन आज बिहीबार बिहान समूहगत छलफलबाट प्राप्त भएका सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गरेपछि दिउँसो समापन समारोह हुने जनाइएको छ।
महासमिति बैठकको दोस्रो दिन फागुन ८ गते पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रवक्ता डा। प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
गत फागुन ७ गतेदेखि सुरु भएको नेपाली काँग्रेसको महासमिति बैठकमा दुई हजारभन्दा बढी महासमिति सदस्य सहभागी भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
