बर्दियाको मधुवनमा हाजिरी जवाफ र रक्तदान कार्यक्रम सम्पन्न

बर्दिया । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा बर्दियाको मधुवन नगपालिकामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

मधुवन नगरपालिकाको आयोजना तथा गुरास बहुमुखी क्याम्पसको संयोजनमा नगरस्तरीय मा.वि. हाजिरीजवाफ प्रतियोगिता, नेपाल रेडक्रस सोसाईटी मधुवन शाखा ख को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भए ।

Advertisement

दुबै कार्यक्रमको उद्घाटन गर्दै मधुवन नगरपालिका प्रमुख तेज बहादुर भाटले यस्ता रचनात्मक कार्यले नगरपालिकाको स्वास्थ्य, शिक्षामा टेवा पुग्नुका साथै विद्यार्थीहरुको नेतृत्व बिकास हुने बताए ।

नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मधुवन न.पा. वडा नं ६ को गुराँस नमुना मा.वि. पहिलो, मधुवन ४ को नमुना मा.वि. ढोढरी दोश्रो, मधुवन १ को त्रिभुवन मा.वि. सुर्यपटुवा तेश्रो र जिजिएन मा.वि. मधुवन न.पा. ८ चौथो भए ।

More News last news
Loading...