श्रीलंकाको जेलमा रहेका नेपालीलाई आममाफी दिन पत्र पठाइने

काठमाडौं । सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ।

नेपाली नागरिकहरु चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन्।

Advertisement

उनीहरुको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन ६ फागुनको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।

More News last news
Loading...