काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
