काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज छ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार १ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
