गायक शिरीष देवकोटाको प्रेमिल गीत ‘बैना हजुर’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक शिरीष देवकोटा र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘बैना हजुर’ बोलको गीत सार्वजनिक भएको छ। आज (बुधबार) सरस्वती पूजा तथा प्रणय दिवसको अवसरमा यो प्रेमिल गीत बिन्ध्यवासिनी म्युजिकको अफिसियल युट्युब च्यानल ‘Bindabasini Music’ मार्फत सार्वजनिक गरिएको हो।

गायक देवकोटाकै शब्द एवं संगीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् भने भिडियोमा दिक्पाल कार्की र अनु शाह फिचर्ड छन् ।

Advertisement

मौसम हिमालीको निर्देशन तथा बुद्ध थापाको छायांकन रहेको म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतलाई बिन्ध्यवासिनी म्युजिकले प्रस्तुत गरेको हो ।

यस्तो छ गीतको म्युजिक भिडियो :

More News last news
Loading...