आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार दुई सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ रहेको छ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

More News last news
Loading...