नेविसंघ पृथ्वीनारायण क्याम्पस फोर्स समितिको तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस फोर्स समितिको तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाली कांग्रेस गण्डकी प्रदेश भातृसस्था प्रमुख अजित क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले संगठन चलायमान बनाउन क्याम्पसमा विद्यार्थी संगठनहरुले सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने र त्यसका लागि नेबिसंघ सबैभन्दा अभिन्न अंग रहेको बताए ।

Advertisement

कार्यक्रममा पुर्ब सभापति तथा नेविसंघ फोर्स सभापति सतिस बास्तोलाको संयोजनमा भएको कार्यक्रममा इकाइ सभापति सुशील न्यौपाने, नेविसंघ केन्द्रिय सदस्य निर्दोष बिक्रम पौडेल, बिनोद केसी, राजिब बास्तोला, सञ्जय आले र रसिस हरि भन्डारी लगायतका उपस्थित थिए ।

तेस्रो अधिवेशनले पृथ्वीनारायण क्याम्पस फोर्स नेविसंघमा अग्निदीप चापागाईंको सभापतिमा नयाँ कार्यसमिति चयन समेत गरेको छ ।

More News last news
Loading...