काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी) उद्दव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ।
नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्ग्न गिरोहले लाइसेन्स छानविनको प्रक्रिया अगाडि बढाएको भन्दै उनीमाथि कालोमोसो दलेको हो। आज (सोमबार) उनीमाथि उक्त गिरोहले कार्यकक्षमै पुगेर कालोमोसो दलेको थियो।
पछिल्लो समय विभागले नक्कली लाइसेन्सको छानविन प्रक्रिया अगाडि बढाएको थियो। साथै, नक्कली लाइसेन्सबारे अख्तियारले समेत अनुसन्धान गरिरहेको छ। हालसम्म जारी भएका एक लाख सवारी चालक अनुमति पत्र नक्कली रहेको आशंका गरिएको छ।
त्यसमध्ये ३० हजार नक्कली लाइसेन्स खारेज भइसकेको छ। भने ३० हजार खारेजीको प्रक्रियामा रहेको छ। सोही कार्यालयका आईटीका कर्मचारी र विचौलियाहरुको संलग्नतामा नक्कली लाइसेन्स बनाउने कार्य भएको अनुसन्धानबाट खुलेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
