काठमाडौँ । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत फेला परिन् । करिब २८\२९ वर्षीया प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन्।
काठमाडौँ महानगरपालिका-९ स्थित विजय चोकमा रहेको लजमा प्रहरी पुग्दा उनी मृत भेटिइन्।रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीलालाई ‘प्रेमी’ले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले प्रमीलाको हत्या भएको बताए। उनले भने–‘हत्या गरेर आरोपी होटलबाट भागेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ।’ अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपी दोलखाका हुन्। प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको छ। होटलमा प्रेमीले गलत विवरण राखेर कोठा बुक गरेका थिए।
प्रमीला आफ्ना पतिसँगै गौशालामा बस्दै आएकी थिइन्। तर माघ २६ मा उनी प्रेमीसँगै सो लजमा पुगेकी हुन्। हत्या गरेर प्रेमीले होटलको कोठामा साँचो लगाएर भागेको भेटिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
