काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही गरिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई बारबारही स्वरुप काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबासी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए ।
आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि प्रधानन्यायाधीश श्रेष्ठले नै आचार्यलाई नै कामकाज गर्न सहज होस् भनेर मुगुमा काज सरुवा गरिदिएको सर्वोच्च श्रोतले बताएको छ ।
यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्स्योट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले नै दुई वर्ष पूरा नहुँदै काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए । काठमाडौँको मुद्दाको चाप घटाउन सहज हुने भनी काठमाडौं ल्याइएका उनी आदेशका प्रयोग गरिएको भाषाका कारण विवादमा परेपछि उनलाई काज सरुवा गरिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
