समृद्धिकाे यात्रामा रुपा गाउँपालिका, चुनाैति र सम्भावना !

राजन सुवेदी/रुपा । गण्डकी प्रदेश कास्की जिल्लाको पुर्वी भागमा अबस्थित रुपा गाउँपालिका राज्य पुनर्संरचनापछि साबिकका थुम्की, सिद्ध, देउराली, रुपाकोट र हंसपुर गाबिसका केही वडाहरु मिलेर बनेको निकै सुन्दर पालिका हो रुपा गाउँपालिका । सात वटा वडामा विभाजित रुपा गाउँपालिका तनहुँको शुक्लागण्डकी लमजुङको मध्य नेपाल कास्कीको मादी र पोखरा महानगरपालिकासँग जोडिएको छ। करिब ९४.८१ बर्ग किमीमा फैलियको रुपा गाउँपालिका समृद्धिको अभियानमा निकै सजिलोसँग डोर्याउन मिल्ने र सहन संभावना भएको पालिका पनि हो ।

रुपालाई समृद्ध बनाउने आधारहरु

Advertisement

१) कृषि र पशुपालन

२) पर्यटन तथा पुर्वाधार विकास

३) खानेपानी तथा सिंचाइ

४) एकीकृत बस्ति निर्माण

५) बैज्ञानिक शिक्षा प्रणाली

६) सहज यातायात सुविधा

७) बजारिकरण तथा उत्पादक बस्तुकाे खपत सुनिश्चितता

८) सार्वजनिक सम्पतिकाे संरक्षण तथा उपयोगीता

९) खेल र कला संस्कृतिकाे संरक्षण र प्रवर्द्धन

# कृषि र पशुपालन

रुपा गाउँपालिकाका सातै वटा वडाहरु कृषि र पशुपालन अत्यन्तै उपयोगी भु भागमा बनेको छन परम्परागत शैलिले पनि अहिलेसम्म यहाँका नागरि हरुकाे मुख्य आय/आर्जकाे स्रोत कृषि नै हाे पशुपालन नै हाे । अब हामीले परमपरागत शैलीलाई परिमार्जित गरेर नयाँ प्रबिधिको प्रयोग गरि उत्पादन बढाउनतिर ध्यान दिन जुरुरी छ । यतिबेला गाउँमा बाँझा जमिनहरु धेरै छन् । बसाइँ–सराईका कारण पनि गाउँमा खेतियोग्य जमिन बाँझिएको छ अब राज्यले नीतिगत रुपमा किसान प्रोत्साहन कार्यक्रम बनाउन जरुरी छ ।

जस्तै, ५० मुरी धान उत्पादन, ४० मुरी कोदो ३० मुरी गहु १ टन, आलु जस्ता अन्य खाद्य बस्तु उत्पादन गर्ने किसानलाई प्रात्साहन बापत केही नगद प्रदान गर्ने वा अन्य प्रोत्साहन कार्यक्रम तय गर्ने हो भने रुपाको कृषिले ठुलो आम्दानी हुने निश्चित छ । यसरीनै अब निर्बाहमूखि पशुपालनको अवधारणालाई हटाउँदै व्यवसायिक पशुपालनलाई जोड दिने हो भने पनि हाम्रो आम्दानी बढ्ने निश्चित छ । उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गर्ने र पहिला पशुपालनलाई उधोगका रुपमा सञ्चालन गर्न खोर, गोठ घाँस र उत्पादन भएका सबै सामाग्रीहरुको खपत सुनिश्चितता गरिदिने हो भने पनि ठुलो रुपमा आर्थिक संकलन हुने छ ।

# पर्यटन तथा पुर्वाधार विकास

रुपालाई समृद्धिको अभियानमा सहजै हिँडाउन सकिने अर्को माध्यम हो पर्यटन तथा पुर्वाधार विकास । रुपामा पर्यटनको निकै ठुलो सम्भावना छ । जिल्लामै केही अग्ला डाँडाहरु हामीसंग छन् । चिसापानी डाँडा, स्याकलुङकोट, माझकोट, जोल्टे चौतारा, कालिका, मडी लगायतमा अग्ला डाँडाहरु हामीसंग छन् । यी डाँडाहरुबाट रुपा मात्रै नभएर छिमेकीको ७–८ वटा जिल्लाहरु सहजै अबलोकन गर्न सकिन्छ । कास्कीको हिमाल मात्रै नभएर लमजुङ र धौलागिरि हिमालको दृश्य पनि सहजै देख्न सकिने हाम्रा डाँडाकाँडाहरुमा होम् स्टे सञ्चालन गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटको सहजै मन जित्न सकिने छ । बेलायतका राजकुमारले सयर गरेको रोयल ट्रयाकलाई थप सजह बनाउँदै सुन्दरिकरण गरिदिने हो भने पनि अझै राम्रो हुने थियो ।

रुपा विभिन्न जातजातीको संगम थलो पनि हो । यहाँ धेरै जातजाती मिलेर बसेका छन् । मुस्लिम समुदाय, गुरुङ समुदाय र नेवार, बह्मण समुदाय, कुमाल समुदाय, दलित समुदायको परम्परागत रीतिरिवाज, संस्कृतिको प्रस्तुति गरिदिने हो भने हामीले पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ । विशेष तथा नेपाली फरक शैलिका पर्यटकको रोजाईलाई रुपाकोट रिसोर्ट जस्तो केही रिसोर्टहरु थप गरि सञ्चालन गर्ने सुविधा सम्पन्न रेष्टुरेन्टहरु सञ्चालन गर्ने, पर्यटन यातायात सञ्चालन गर्ने तथा रुपा ताल देखि रुपाकोट डाँडाहरुमा केबलकार सञ्चालन गर्ने, फालभञ्जयाङ देखि थुम्कि पेलुङ्गासम्म जिपलाईन सञ्चालन गर्ने ठाउँ ठाउँमा जातीय संग्रहालय निर्माण गर्ने चिसापानी र स्याक्लुङ तथा देउरालीलाई पर्यटन मैत्रि पुर्वाधार निर्माण गरेर समृद्धिको सारथी बनाउन सकिन्छ । रुपालाई धार्मिक पर्यटनसंग पनि सहजै जोड्न सकिने छ । बुढा महादेव मन्दिरलाई स्तरिकरण गरि प्रचारप्रसार गर्ने चिसापानी देविको मन्दिर ईन्द्र गुफा संरक्षण तथा प्रवधन गर्ने हो भने पनि हामीले रुपाको समृद्धिको अभियानलाई थप मजबुत बनाउन सकिन्छ ।

# खानेपानी तथा सिंचाइ

रुपाको समृद्धिसंग जोडिने बिषयमा प्रमुख खानेपानी तथा सिंचाइ पनि एक हो । हर नागरिकलाई पर्याप्त खानेपानी, खानेपानीमा पनि स्वच्छ खानेपानी हुन जरुरी छ । खानेपानी दूषित भएमा नागरिको स्वास्थ्यमा समस्या देखिन्छ । अस्वस्थ नागरिकले समृद्धिको अभियामा साथ दिन सक्दैनन् भने सिंचाइका माध्यमले हाम्रा बाझा जमीन सिञ्चित गरेर उत्पादन बढाउन जरुरी छ । यस्का लागि दिर्घकालिन पानीको व्यवस्थापन गरि पर्याप्त खानेपानी, पर्याप्त सिञ्चाई योजना सञ्चालन गर्न जरुर छ ।

# एकीकृत वस्ती निर्माण

समृद्धिको एउटा महत्त्वपूर्ण माध्यम एकीकृत वस्ती निर्माण पनि हो । राज्यले प्रदान गर्ने सबै सेवा सुविधा पाउने गरि विधालय, स्वास्थ चौकी, हस्पिटल, खेल मैदान, मनोरञ्जन पार्क, खानेपानी, यातायात, लगायता सम्पुर्ण सुविधाले भरिपुर्ण एकीकृत वस्ती निर्माण गर्दा राज्यले पनि थोरै लागतमा धेरै सुविधा दिन सक्ने र जनताले पनि धेरै भन्दा धेरै सेवा सुविधा लिन सक्ने भएकाले रुपामा एकीकृत वस्ती निर्माणको अभियान चाल्नुपर्ने देखिन्छ ।

# वैज्ञानिक शिक्षा प्रणाली

बिकास र समृद्धिको सबैभन्दा बलियो आधार बैज्ञानिक शिक्षा प्रणाली हो आजको युगमा शिक्षा नीति ठिक भयन भने कुनै पनि काम लाई सहि ढंगले सम्पादन गर्न सकिँदैन भनिन् देश कम्जोर बनाउने भय पहिला त्यो देशको शिक्षा ध्वस्त बनाईदिए हुन्छ भनेझैं देश बलियो बनाउ देशको शिक्षा नीति बलियो बनाउन जरुरी छ । अबको शिक्षा उत्पादनमा जोड दिने खालको प्रयोगगात्मक हुन जरुरी छ । अब हामीले दिने शिक्षाबाट अबका बच्चालाई उत्पादन टेवा पुग्नपर्छ यसका लागि उत्पादनमा आधारित बैज्ञानिक शिक्षा प्रणाली लागू हुन अनिवार्य छ।

# सहज यातायात सुविधा

रुपालाई समृद्धिको अभियानमा अगाडि बढाउने एउटा मुख्य आधार सहज यातायात सुविधा पनि हो । भनेको समयमा यातायात सेवा पाउनु जनताको मौलिक अधिकार पनि हो । आवत–जावतमा केही समस्या नहुने गरि यातायात सुविधा सञ्चालन हुन जरुरी छ । र हाम्रो भुमिमा उत्पादन भएका सामाग्रीहरुलाई समयमै बजारिकरण गर्न पनि सहज यातायात सुविधा हुन जरुरी छ । जनस्तरबाट उत्पादन सामाग्रीहरु खपतका लागि पनि यातायात सुविधा बिकास र समृद्धि को एउटा बलियो आधार हो ।

# बजारीकरण तथा उत्पादक वस्तुको खपत सुनिश्चितता

रुपालाई समृद्ध बनाउन बस्तु उत्पादन मात्रै नभएर बजारीकरणको सुनिश्चितता पनि एक हो । उत्पादन भयका सामाग्रीहरु बजारीकर र खपत सुनिश्चित भए उत्पादनमा वृद्धि हुने निश्चित छ । किसानले बिना संकोच उत्पादन गर्ने छन् खपत सुनिश्चित राज्यले गरिदिने हो भने । कृषि एम्बुलेन्सको माधयमले किसानका सामाग्रीहरु एक ठाउँमा ल्याउने हाट बजार वा अन्य माध्यमबाट बिक्री बितरण गरिदिने र त्यतिले पनि खपत नभय राज्यले न्युनतम मुल्यमा खरिद गरिदिने हो भने कृषि तथा पशुपालनको उत्पादनमा निकै ठुलो बृद्दि हुने छ । जति धेरै बृद्दि भयो उती नै रुपाको समृद्धि हुने थियो ।

# सार्वजनिक सम्पतिकाे संरक्षण तथा उपयोगीता

मुलुक समृद्ध हुन सार्वजनिक सम्पतिको संरक्षण र उपयोगिताले पनि ठुलो भुमिका खेलेको हुन्छ । रुपाकै हकमा हेर्ने हो भने पनि हामीसँग ठुलो मात्र मा सार्वजनिक सम्पति छ । यस्ता सम्पत्तिलाई सहि ढंगले सञ्चालन गर्न नसक्ने हो भने हामीले देखेको समृद्धि सम्भव नहुन पनि सक्छ । जस्तै सार्वजनिक जग्गामा नीति बनाएर ठुला ठुला औधोगिक कल कारखाना सञ्चालन गर्न सक्ने हो भने हाम्रो ठाउँका नागरिकले रोजगारी पाउने थिए । हाम्रो ठाउँका कच्चापर्दाथको खपत हुने थियो । कतै खेल मैदान बनाउन सकिन्छ, कतै बाल उध्धान तथा मनोरञ्जन पार्क बनाउन सकिन्छ यसरी सार्वजनिक सम्पति संरक्षण र उपयोगीताले समृद्धिको सारथी बन्न सक्छ ।

# खेल र कला सस्कृतिकाे संरक्षण र प्रवर्द्धन

समृद्ध रुपाको परिकल्पना गरिरहँदा खेल र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन मुख्य विषय हो । रुपाले थुप्रै विधाका राष्ट्रिय खेलाडी तथा राष्ट्रिय ख्याति प्राप्त गायक गायिका, कविहरु जन्माएको छ । अब उहाँहरुलाई जन्माउनु मात्रै ठुलो बिषय नभएर उहाँहरुका माध्यमले खेल जगतलाई माथि उचाल्न कला, भाषा संस्कृतिको संरक्षण गरि अगाडि बढ्दा समृद्ध रुपामा केही योग्दान गर्न सकिन्छ । खेल, कला र गलाका माध्यबाट थुप्रै आर्थिक उपार्जन गर्न सकिने हुँदा यी र यस्ता क्षेत्रलाई संरक्षण र प्रबर्द्धन गरि समृद्ध रुपाको परिकल्पनामा योग्दान गर्न सकिन्छ।

# रुपा समृद्धिका चुनाैति

कास्कीको पहाडी भु-भाग समेटेर बनेकाे रुपा समृद्धिमा जति सम्भावना छ उतिनै चुनाैति पनि छ । निम्न चुनाैतिहरुलाई सुस्म ढंगबाट समाधान गर्नु पर्दछु ।

1) बसाइँसराइ नियन्त्रण
2) युवा पलायन नियन्त्रण (बैदेशिक राेजगार)
3) स्थानीय स्तरकाे स्वास्थ, शिक्षा सबलिकर र सरलिकरण
4) बादर नियन्त्रण (खेति संरक्षण)
5) स्थानीय स्तरमा स्वराेजगारकाे ज्ञारेन्टी
6) स्थानीय तह अभिभावक भुमिकाकाे महशुस (सुनिश्चितता)

माथि उल्लेखित नौ वटा बुँदाहरु अक्षरस पालना गरेमात्र पनि समृद्धिको अभियानमा अगाडि बढ्न सकिन्छ । स्थानीय तहको मात्रै नभएर तिनै तहका सरकारको विशेष समन्वयमा कहिँ कतै नबाझिने नीति निर्माण गरेर सबै पक्षले बनेको नीति अक्षरस पालना गर्ने हो भने रुपा मात्रै नभएर समग्र देशनै समृद्धिको यात्रामा दिन दुई गुणा, रात चार गुणा अगाडि बढ्ने थियो । यस्का लागि सबै सरोकारवाला निकाय सकारात्मक ढंगबाट अगाडि बढ्ने र बनेका नीति भित्र रहेर सबैले आफ्नो दायित्व पूरा गर्ने हो भने समृद्धि हामीबाट टाढा छैन ।

️ लेखक सुवेदी रुपा-२ का वडाध्यक्ष तथा️ नेकपा (एमाले) कास्कीका जिल्ला सदस्य हुन् ।

More News last news
Loading...