काठमाडौं । नेपाली काग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि टेकबहादुर विकले आफ्नो गृह जिल्ला अछामको ढकारी गाउँपालिकाका ४ वटा बिधालयमा अध्ययनरत, आमा बुवा गुमाएका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत रहेका बिकले विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।
शिशु सुधार प्रावि का ७६ जना, बिधा प्रबोधिनी उच्च माविका ४५,त्रिपुरा सुन्दरी माविका २५ र गुरुकुल माविका ५३ जना जेहेन्दार तथा अभिभावक गुमाएका बिधार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विकले बताएl
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
