स्याङ्जा । नेपाल विद्यार्थी संघ बिरुवा पोखरा सम्पर्क समितिको सभापतिमा अनिल लम्साल चयन भएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा आयोजित एक कार्यक्रमबीच नेपाल विद्यार्थी संघका केन्दिय सदस्य बिनोद के.सी. को उपस्थितिमा नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति गौरव प्रधानद्वारा प्रेसित पत्रलाइ हस्तान्तरण गरिएको हो।
विरुवा गाऊपालिका स्याङ्जा चिन्नेवास ज्याग्दी घर भई हाल पोखरा-१७ विरौटामा बस्दै आएका लम्साल पि.एन. क्यापसमा बिबिएसमा अध्ययनरत छन्।
संगीत क्षेत्रमा समेत पहिचान बनाइसकेका लम्साल व्यवसायी पनि हुन्। सभापति लम्सालले छिट्टै समितिलाई पुर्णता दिने प्रतिबद्धता जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
