कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा सामान्य प्रशासन मन्त्री थिए।

Advertisement

‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल, खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ,’ शर्माले सामाजिक सञ्जालमा शोक सन्देश लेख्दै भनेका छन्। बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्‍याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ।

More News last news
Loading...