डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका– १ की ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो ।
मृतक दुबैजना सासु-बुहारी भएको जनाइएको छ । कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका कारणले दुवै जनाको निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
