आज र भोलि देशका अधिकांश भागमा वर्षा र हिमपात हुने

काठमाडौं । आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो।

बागमती प्रदेशको काठमाडौँ लगायतका स्थानमा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै तराई भेगमा पनि वर्षा हुनेछ । यसैगरि आइतबार र सोमबार हुने वर्षाले न्यूनतमका साथै अधिकतम तापक्रममा गिरावट आउने हुँदा थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

More News last news
Loading...