काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार ४१५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
