मुगु । कर्णालीका, मुगु, हुम्ला, जुम्ला रडोल्पा लगायत हिमाली जिल्लामा हिउँ नपर्दा किसान हरु निकै चिन्तित देखिन्थे । हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानहरुमा यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ की भन्ने चिन्तामा समेत थिए ।
तर अहिले हिमपात भएपछि किसानहरु खुसी भएका छन् । मुगुमा आज रातीबाट हिमपात सुरु भएको छ । मंसिर पौषबाट सुरु हुने हिमपात यो वर्ष भने माघ ढल्कीन लाग्दा मात्रै सुरु भएको छ ।
छायानाथ रारा नगरपालिका ५ का स्थानीय धनबिर कामी भन्छन्, ‘पोहोर परार तिर यत्ति बेलासम्म त सर्लक्कै डाँडाकाँडा हिउँले ढाकिएको हुन्थ्यो । यो हिउँदमा त हिउँ नपरिकन अहिलेसम्म खेतमा जौको राम्रोसँग टुसा पनि आए । तर बल्ल आज रातीबाट अली अली हिउँ पर्यो र चिन्ता हटेको छ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
