बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । बुधबार बेलुका बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुनेछ ।

Advertisement

More News last news
Loading...