काठमाडौं । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन्।
भक्तपुर नगरपालिका-८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी बसन्त पाठकले बताए । उनले भने, ‘झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको छ।’
शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए। परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी समेत दिएको छ।
जाहेरीको आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाठकले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
