एसईई नहटाउन राष्ट्रिय परीक्षा बाेर्डकाे आग्रह

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताउनुभएको हो।

उहाँले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा उनीहरूकाे गुणस्तर खस्किने बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुनै अनुसन्धानविना त्यत्तिकै १० कक्षाको परीक्षा हटाइदिउँ भनेर कसरी भन्न सकियो ? विधेयक बनाउने प्रक्रियामा मैले प्रश्न गन चाहेँ । एसईई हटाएपछि विद्यार्थीहरूले परीक्षामा राम्रो गर्छन् भन्ने विश्वास मलाई छैन । कक्षा १० देखि १२ सम्म अहिले ५० प्रतिशत विद्यार्थी पास भएका छन् । कक्षा ८ पछि एकैचोटि १२ को मात्रै बोर्ड परीक्षा लिने हो भने पास हुने विद्यार्थी २०/३० प्रतिशतमा झर्छन्।’

Advertisement

अध्यक्ष शर्माले कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी फेरि भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरको कारणले पनि फेरि पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरिकन प्रदेश तहले गर्नसक्ने उल्लेख गर्नुभयो।

More News last news
Loading...