पुतलीबजार ११ का ४ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट वितरण

स्याङ्जा l पुतलीबजार नगरपालिका वडा नं ११ को आयोजनामा सामुदायिक विद्यालय विकास कार्यक्रम अन्तर्गत वडा भित्र रहेका ४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छl

डा अध्यक्ष एवं नगर प्रवक्ता मनोज पौडेलको अध्यक्षता तथा नगर प्रमुख तुलसीराम रेग्मीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा कार्यपालिका सदस्य संजिता नेपाल अर्याल, वडा सदस्यहरु विष्णु वहादुर पराजुली, अशोक कुमार रेग्मी र सुनिता नेपालीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला रहेका थिए।

४ वटा विद्यालयमा भएको छुट्टाछुट्टै कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। श्री विश्व शान्ति आ वि का १२, दिव्यज्ञान आ वि का ११, महेन्द्र देव वाणी आ वि का ३१ र श्री विद्यादेय आ वि का २९ गरि ८३ जना विद्यार्थीहरुलाई वितरण गरिएको हो।

More News last news
Loading...