नेपाल एअरलाइन्सका पाइलट बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाण्डाै l नेपाल एअरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

Advertisement

शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ । उनले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

More News last news
Loading...