काठमाण्डाै । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनकाे भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
