कलंकी । नेपाली दर्शकमाझ ‘काली आमा’को रूपमा परिचित कलाकार हुन् शारदा गिरी । ‘काली आमा’ परिचय उनले सिरियल ‘झिल्के कान्छा’बाट पाएकी हुन् । तर यही नामबाट सर्वत्र चिनाउने काम भने ‘छक्का पञ्जा’ले ग¥यो । अचेल उनलाई नामले भन्दा यही उपनामले बोलाउने समेत गरिन्छ । त्यसो गर्दा रिसाउँदिनन् उनी । भन्छिन्, ‘अभिनयको परिचयले बोलाउँदा गर्व लाग्छ ।’
त्यसो त उनले त्यसअघि पनि विभिन्न चलचित्र र टेलिफिल्महरूमा अभिनय गरिसकेकी थिइन्। फिल्म ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’, ‘दाईको ससुराली’, ‘हल्कारा’लगायतका चलचत्रिमा उनको अभिनय छ। ७२ वर्षअघि कलङ्कीको स्यूचाटारमा जन्मिएकी उनको विवाह घर नजिकै भयो, १९ वर्षको उमेरमा। हेरौँ कालिआमाको इतिबृतान्त NayaPusta HD मा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
