काठमाडौँ । केहि समयदेखि प्रवासमै रहेपनि गीत संगीतमा सक्रिय गायक तथा सर्जक गणेश ढकालको नयाँ मर्मस्पर्शी गीत ‘बा’ बजारमा आएको छ । रोजगारीका शिलशिलामा हाल पोर्चुगलमा रहेका ढकालको गीत Ganesh Dhakal युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
आफुलाई जन्मदिने पिताको सम्झना देखाउन खोजिएको गीत ‘बा’ मा गायक ढकालको सुमधुर स्वर रहेको छ भने शब्द सुरज गैरे (विवस) र अनुष अधिकारीको लय सिर्जना रहेको छ। आनन्द बास्तोलाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा आनन्द बास्तोला, मुद्रामान श्रेष्ठ र आयाम बास्तोलाको अभिनय देख्न सकिन्छ ।
गायक ढकालका यसअघि चुहिने छानो, कुरा सिधा छ, माया जालमा भुलेछु, मन र मुटु जस्ता गीतहरु सार्बजनिक भइसकेका छन् ।
यस्तो बा गीतको म्युजिक भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
