३ सय ७९ जना यात्रु रहेको जापान एअरलाइन्सको विमानमा आगलागी

एजेन्सी | जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको छ।

होक्काइडोबाट आएको विमान अवतरण गर्ने क्रममा जापानी तटरक्षक विमानसँग ठोकिनेबित्तिकै ठूलो आगलागी भएको थियो। आगलागीकै बीचमा जापान एअरलाइन्सको विमानमा रहेका तीन सय ७९ जना यात्रु र चालक दलका कर्मचारीको उद्धार भएको बीबीसीले जनाएको छ।

Advertisement

यस्तै जापानी तटरक्षक विमानका एक जनाको उद्धार गरिएको र पाँच जना बेपत्ता रहेका जापानी सञ्चारमाध्यमले जनाएका छन्। एक घण्टासम्म पनि अग्नि नियन्त्रकले आगो निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन्।

More News last news
Loading...