बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने

प्युठान । प्युठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएकाे छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि यस्ताे याेजना ल्याइएकाे जानकारी दिनुभयो । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

Advertisement

‘बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई पुरस्कार दिइने छ, ‘उहाँले भन्नुभयो, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने आशा लिएका छाैँ ।’ बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताउनुभयो ।

More News last news
Loading...