बुहारीमा सँधै संघर्षरत अनिता बैंजु [कमला], कस्तो छ वास्तविक जीवन ?

काठमाडौं । पछिल्लो समयको लोकप्रिय टेलिश्रृङ्खला बुहारीकी प्रमुख पात्र हुन् कमला । उनको वास्तविक नाम अनिता बैजु हो । उनी एक डान्सर पनि हुन्। पछिल्लो समय बुहारी सिरियलमा कमलाको भूमिकामा देखिएपछि उनको उचाई एकाएक चुलियो । उनलाई अहिले दर्शकले कमला भनेरै बढी चिन्ने गर्छन्।

डान्सर हुँदै केही टेलिसिरियलमा काम गर्दागर्दै उनी बुहारी टेलिसिरियमा जोडिइन्। बुहारी टेलिश्रृङ्खलामा कमला भनेर काम गर्न थालेपछि उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन्। उनै बुहारीकी कमला तर्थात अनिता बैजुको जन्म बुवा प्रेम बहादुर बैजु र बिमला बैजुकको कोखबाट २०५२ साल भाद्र २८ गते भएको हो। बुहारी टेलिश्रृङ्खलामा निकै दुख कष्ट पाएको अभिनय गरेर दर्शकलाई रुहाएकी कमलाको वास्तविक जीवन कथा पनि निकै दुखदायी छ। सानैमा बुवाको मायाबाट टाढा भएकी कमलाले स्कुल जीवनबाटै पढाई छोड्नु पर्यो ।

Advertisement

More News last news
Loading...