सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १०ः२१ बजेमा सिन्धुपाल्चोकको पाङफुङ र लिस्टिकोटको मध्यभागलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, दोलखा र रामेछापका आसपासमास्थानमा पनि महसुस गरिएको थियो। भूकम्पले गरेको क्षतिबारे अझै विवरण नआएको बताइएको छ।

Advertisement

More News last news
Loading...