सरकारले बालकुमारी घटनाका मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने

काठमाडौं। सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ। हिजो ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको र मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको जानकारी दिइनुभयो ।

Advertisement

उहाँले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताउनु भयो। यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उहाँको भनाई थियो।

मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ। यसका लागि छानबिन समितिको सुझावअनुसार अघि बढ्ने उहाँको भनाई थियो।

More News last news
Loading...