आजपनि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज ताेलाकाे एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

यस्तै, आज चाँदीको भाउ भने ताेलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

More News last news
Loading...