देउवाले निर्वाचनमा हराएका सागर ढकाल, जसले विश्वको मन जितिरहेछन्

काठमाडौँ । नेपालका युवा नेता सागर ढकाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानीको बोरिङ बनाउने तथा मर्मत गर्ने कार्य गरेका छन्। उनले अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु, सामाजिक सञ्जालमा सागरले लेखेका छन् , ‘रुस–युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाँउमा बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु। सकिन आँट्यो। युक्रेनी गाँउमा खुसीको कुरा, पम्प नै नजोडी पानी आफैं पहिलोपल्ट माथि आयो।’

Advertisement

सागरले सो क्षेत्रमा भएका नेपालीहरूसँग भेट्न इच्छा व्यक्त गर्दै आफूसँग भेट्न चाहनेलाई सम्पर्क गर्न अनुरोधसमेत गरेका छन्। उनी २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मतका साथ निर्वाचित हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए।

More News last news
Loading...