भाइबरमार्फत बस सेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक पाइने

काठमाडौँ । भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकटिङ सेवा प्रदायक बस सेवाबाट टिकट काट्दा सय जनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । अफरमा नेपालका कुनै पनि गन्तव्यका बस टिकट काट्दा भाग्यशाली सय जनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् ।

यो अफर पुस १६ गतेसम्म सञ्चालन हुनेछ । यो सँगै बस सेवाको कुनै पनि गन्तव्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरबिचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो ।

Advertisement

बससेवा नेपालको बस टिकटिङ संस्था हो । यसबाट नेपालका कुनै पनि गन्तव्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ ।

More News last news
Loading...