आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

चाँदीको भाउ भने आज घटेको छ । शुक्रवार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

More News last news
Loading...